Logo

गण्डकीमा २८ जनामा कोरोना पुष्टि



पोखरा,असार १७। गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १२ जना पूर्वी नवलपरासीका

तीन जना गोरखाका, आठ जना स्याङ्जाका, तीन जना बागलुङका र तनहुँ र कँस्कीका एक एक जनामा रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । हालसम्म उक्त प्रदेशमा दुई सय १५ जनाले कोरोना जितेर घर फर्किका छन भने २ जना संक्रमितले उपचारकै क्रममा ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्