कांग्रेस सांसद छन्त्यालको निधन


काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको आज विहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उपचारको क्रममा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।