Logo

कुनै हालतमा एकता बचाउन स्थायी कमिटि सदस्यहरुको ओलीलाई सुझाव



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान पार्टी स्थायी कमिटि सदस्यहरुसँग परामर्श गरेका छन् । उनले परामर्शका क्रममा आफु चुनौतीसँग जुधिरहेकाले साथ दिन भनेका थिए ।

ओलीले अप्ठ्यारो पर्दा साथ दिन भनेपछि स्थायी कमिटि सदस्यहरुले दुई अध्यक्ष बसेर सहमति निकाल्न सुझाव दिएको बुझिएको छ । स्थायी कमिटि सदस्य योगेश भट्टराईका अनुसार कुनै पनि हालतमा पार्टी एकता बचाउन सहभागीहरुले सुझाव दिएको जानकारी दिएका छन् । एक अर्काबीच द्वन्द्व अन्त गर्न समेत भनेका थिए । भट्टराईले प्रोक्सी वार बन्द गर्न भनेमा थए ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र थप छलफल गर्ने बताएका थिए । उनले आफू सहमति र एकताको भावनालाई दृष्टिगत गरी अगाडि बढिहरहेको सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्