ट्रम्पलाई गिरफ्तार गर्न इरानले माग्यो इन्टरपोलको सहायता


एजेन्सी, १७ असार । इरानका सैन्य कमाण्डर कासिम सुलेमानीका हत्यामा संलग्न रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य ३५ जनालाई गिरफ्तार गर्न इरानले इन्टरपोलसंग सहायता मागेको छ । हालै इरानले कमाण्डारको हत्यामा संलग्न रहेको ट्रम्प लगायत अन्य ३५ जनाविरुद्व गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

इन्टरपोलाई इरानले उनीहरुविरुद्व रातो सुचना जारी गर्न आग्रह समेत गरेको छ । रातो सुचना जारी भएसंगै उनीहरुमाथि मुद्दा चल्ने वा सजाय हुने प्रावधान रहेको छ । हत्या र आतंकवादी हमला गरेको आरोपमा उनहरुमाथि लगाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प सुचीको पहिलो स्थानमा राखिएको जनाइएको छ । ट्रम्पको राष्ट्रपति कार्यकाल सके लगतै उनीमाथि मुद्दा चलाउने तेहरानस्थित रहेको सैन्य कमाण्डरले जानकारी दिएका छन् ।

विधान अनुसार संगठनले कुनै पनि देशको संविधान उलंघन गरी राजनिति, सैनिक, धार्मिक वा जातीय चरित्रको हस्तक्षेप गर्न निषेध गरिएको विषय इन्टरपोलले जनाएको छ । अमेरिकविरुद्व आतंकवादी गतिविधि गरेको आरोप लगाई ट्रम्पले सुलेमानीको जनवरी ३ मा ड्रोण हमलामार्फत हत्या गरेका थिए । सुलेमानी भने इरानका नायको रुसमा चिनिने गर्दछ । इरानले कमाण्डरको हत्या गरेको जवाफमा इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमाथि मिसाइल प्रहार गरेको थियो ।