Logo

निन्जा अध्ययनमा मास्टर डिग्री हासिल गर्ने एक मात्र जापानी नागरिक



एजेन्सी, १७ असार । एक जापानी नागरिक विश्वकै पहिलो निन्जा अध्ययनमा मास्टर डिग्री हासिल गर्न सफल भएको छ । उनले स्नातक अध्ययन मार्सल आर्टमा पुरा गरी निन्जामा मास्टर्स गरेका छन् ।

४५ वर्षीय जेनिची समत्सुहासी नाम गरेको व्यक्तिले उक्त अध्ययन हासिल गरेको जनाइएको छ । उनले सन् २०१८ देखि दूई वर्षसम्म मि विश्वविद्यालयमा सामन्ती जापानको राहस्यमय निन्जाको इतिहास, परम्परा र लडाईको प्रविधिलाई अध्ययन गरेको बताइएको छ । १४ औँ शताब्दीको प्रभावकारी मानिएको निन्जाको प्रविधिहरुलाई र उच्च सीपलाई अध्ययन गरेका छन् ।

उनी एक किसानका रुपमा रहेका छन् । उनी निन्जा प्रविधि र उनीहरुको जीवाशैलीलाई बुझ्न जापानको राजधानीमा रहको पहाडी भूभाग इगा भन्ने क्षेत्रमा बसोवास गरिरहेका छन् । समृद्विका लागी स्वतन्त्र बाँच्नु आधुनिक जापानमा महत्वपूर्ण रहेको कारण उक्त जीवन शैली अपनाएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्