Logo

बजार खुलेको डेढ घण्टामै नेप्सेमा ६ प्रतिशतको उछाल, आजको लागि बजार बन्द



काठमाडौँ १७ असार : नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि आजको लागि बजार बन्द भएको छ। बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५।७७ अंकले बढेर १३३६।५३ विन्दुमा पुगेको छ।

खुलेदेखि नै लगातार बढ्न थालेको बजार पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबारको लागि शेयर कारोबार स्थगन भएको हो। सो अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको शेयर खरिदबिक्रि भएको छ।मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्