Logo

नेकपा बैठकमा स्थायी कमिटि सदस्यहरुले आज पनि मागे राजीनामा



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक आज पाँच जना सदस्यले बोलेर स्थगित भएको छ । बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा स्थायी कमिटि सदस्यहरु योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाईं र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी पाँच जनाले बोलेका थिए । बैठकमा पोखरेल, यादव र प्रसाईंले प्रधानमन्त्री ओलीको राजीनामा मागेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्