Logo

भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो- नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य नन्दकुमार प्रसाईंसँग लामो राजनीतिक अनुभव छ । कम्युनिस्ट राजनीतिको गहिरो बुझाई रहेका उनी पछिल्लो समय प्रचण्ड निकट छन् । उनीसँग ऋषि धमलाले नेकपाभित्रको विवादका विषयमा गरेको कुराकानीः
हिजो प्रचण्डले के भन्नुभयो ?
यो दुई दिनको स्ट्रगलपछि प्रचण्डजीले दुईवटा महत्वपूर्ण कुरा उठाउनुभयो । पहिलो प्रधानमन्त्रीले मलाई भारतको इशारामा होटल–होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोप लगाउनुभयो भन्ने विषयले उहाँलाई चोट पुर्यायो । यो कुरा कसरी आयो ? थाहा छैन । यहाँका नेताहरु पनि त्यो षड्यन्त्रको जालभित्र परेको जस्तो लाग्दैन । त्यसले सबै नेताहरुलाई चोट पुर्यायो । त्यस्तो छ भने को को छन् पछाडि लाग्ने तपाईंंले बताइदिनुपर्यो भन्ने कुराको खुलासा प्रचण्डले गर्नुभयो । अर्को कुरा पार्टी दर्ता गराउने हल्ला सुनियो त्यो कुरा हो कि होइन ? एकातिर हामी सबै पार्टीलाई सुदृढ गरेर सशक्त पारेर दुई तिहाईको सरकारले नेपालमा समाजवादको एउटा परिकल्पनालाई साकार पार्ने दिशातिर अगाडि बढौं भनिरहेको, पार्टीभित्रको आन्तरिक विवादलाई हल गरौं भनेर बैठक बसिरहेको बेलामा अकास्मत पार्टीको दर्ताको कुरा आयो यो के हो ? भनेर उहाँले प्रश्न गर्नुभयो । खड्गप्रसादजीले पनि थोरबहुत कुरा राख्नुभयो ।
प्रचण्डजीले त्यसोभन्दा प्रधानमन्त्रीले के भन्नुभयो ?
उहाँले ‘मैले राम्रो काम गर्दा पनि नकारात्मक ढंगले हेर्ने । मैले राम्रो गर्दागर्दै पनि कामै गर्न नदिने । जति राम्रो गर्न खोज्छु त्यतिनै मेरै बदख्वाईं गरेर पखाल्न खोज्ने । पार्टीबाटै यस्तो गतिविधि भइसकेपछि मलाई पनि आफूलाई लागेका कुराहरु राखौं राखेको हुँ’ भनेर आफ्ना कामका बारेमा बचाउहरु गर्नुभयो र गुनासाहरु पोख्नुभयो ।
त्यसपछि प्रचण्डले के भन्नुभयो ?
प्रचण्डजीले गरेको कुरा त मैंले अगाडि नै भनिसकेको छु । उहाँले बढी कुरा केही पनि गर्नुभएन । उहाँले प्रधानमन्त्रीले त्यसोभन्दा मलाई दुःख लाग्यो । अहिले दुई तिहाईको सरकारलाई भारतले हटाउने तागत छ ?
प्रचण्डले त भारतको बचाउ गर्नुभयो नि किन ?
प्रचण्डजीले भारतलाई बचाउ गरेको छैन ।
प्रचण्डले राजीनामा भारतले होइन मैले मागेको हो भन्नुभयो नि ?
त्यसमा मैले बुझेसम्म के छ भने भारतले यदि प्रधानमन्त्रीलाई खारेज गर्ने षड्यन्त्र गर्छ भने त हाम्रो देशको इज्जतको सवाल हो । हाम्रो एउटा स्वतन्त्र र सम्पन्न मुलुक नेपाली जनतद्वारा चुनिएका प्रतिनिधिहरुबाट बनेको सरकार, प्रधानमन्त्रीलाई कसरी भारतले हटाउन सक्छ । यसले त देशको सार्वभौमसत्ता र स्वामानमाथि नै आँच आयो ।
त्यसपछि प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्नुभयो ?
त्यतिखेर माग्नुभएको छैन । त्यसपछि झलनाथजी, माधवजी, वामदेवजी, नारायणकाजीजीहरुले बोल्दै जानुभयो । त्यसरी सबै मुख्य–मुख्य नेताजीहरुले बोलिसक्नुभयो । त्यसमा ईश्वरजी बादलजी र महासचिव विष्णु पौडेलजी बोल्नुभएको छैन । चारजनाले मात्रै बोल्नुभयो । अरु चारजनाले बोल्नुभएको छैन अहिलेसम्म । उहाँहरुले पनि के गर्नुभयो भने ‘प्रधानमन्त्रीले मदन भण्डारीको जन्म दिवसको दिन बोलेको कुरा आपत्तिजक हो’ । त्यो बोल्नुहुँदैन थियो । कुटनीतिक मर्यादाको हिसावले पनि यसरी बोल्नुहुँदैन थियो । उहाँले समस्याहरु थिए भने बोल्नुभन्दा पहिला छलफलमा जानुपर्नेथियो । बोल्नै पर्ने थियो भने पनि प्रधानमन्त्रीको मुखले भन्दा अरुले बोलेको भए राम्रो हुनेथियो । कालापानीमा त्यत्रो समस्या छ । त्यसमा प्रधानमन्त्री जस्तो मान्छेले रिजर्भ भएर रहनुपर्ने हो । सिधैं उहाँले त्यसरी टकराउँदा यसले हाम्रो कालापानीको समस्यामा भोलि कसले कोअडिनेसन गर्ने त ? त्यसैले प्रधानमन्त्रीले त्यसरी बोल्नुहुँदैन थियो । त्यो त कुटनीतिक मर्यादाभन्दा बाहिरको बोलाइ हो । त्यसको बारेमा पहिला साथीहरुसँग बासेर छलफल गर्नुपथ्र्यो । अनि हामीहरुमा को को चाहीं भारतीय दूतावासको पछि लागेका छौं । हामी को को चाहीं होटल, होटलमा गएर खड्ग ओलीजीलाई हटाउन षड्यन्त्र गरेर मिलेर बसेका छौं ? यो देखाइदिनुपर्यो । यसमा हाम्रो सत्य, तथ्य बुझिदिनुपर्यो भनेर प्रश्न गर्नुभयो । अनि खाजा खाने छुट्टी भयो । त्यसबेला खड्ग ओलीजी पनि आफ्नो निवासतिर लाग्नुभयो । आउनुहोला भन्दाभन्दै उहाँ आउँदै आउनु भएन ।
खाजा खाने छुट्टिपछि प्रधानमन्त्री बैठकमा आउनुभएन ?
उहाँ आउँदै आउनु भएन । पछि खबर के आयो प्रचण्डजीको भनाइले भने ‘मलाई राष्ट्रपतिले बोलाएको हुनाले म उहाँलाई भेट्न गएँ’ भन्ने प्रकारको एउटा म्यासेज आयो । त्यसपछि त्यो बैठकमा प्रधानमन्त्रीजी आउँदैआउनुभएन । यसको बारेमा हामी भोलि बोल्छौं । प्रचण्डजीले भारतको पक्ष लिएको पनि छैन । अर्को खड्ग ओलीजीको सिधैं राजीनामा पनि माग्नुभएको छैन ।
तपाईं त पुरानो कम्युनिस्ट नेता हो जनतासामु झुटो नबोल्नुस् न ?
म झुटो बोल्दिँन । त्यहाँ भएको त्यहीं जुन मैले भनेँ । अर्को प्रचण्डले हामीले पार्टीलाई एकबद्ध भएर अगाडि बढौं । समाजवादको लक्ष्य राखेको पार्टीले त्यसका कार्यविधि र कार्यक्रमहरुलाई अगाडि बढाऔं । यो २०१७ पछिको बहुमत प्राप्त सरकार हो । यस्तो सरकारले सानातिना कुरामा अलमलिनुभन्दा कामतिर जानुपर्छ । भनेर पार्टीलाई सुदृढ गरेर अगाडि बढौं भन्दाभन्दा प्रधानमन्त्रीबाट यी कुरा आइसकेपछि र पार्टी पनि दर्ता भयो भन्ने पनि हल्ला छ । यदि त्यो साच्चै हो भने अर्को भारतले मलाई हटाउँदै छ भनेर हिड्न थाल्नुभयो भने त्यसका पछाडि सबै नेताहरु लागेछन् भनेर लान्छना लगाउनुहुन्छ भने पक्कै पनि भोलि प्रधानमन्त्रीको राजीनामा माग्छौं भन्ने प्रचण्डको भनाइ हो ।
यथास्थितिमा हामी छोड्नौ प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने प्रचण्डको भनाइ हो ?
हो, प्रचण्डजीबाट त्यो भनाइ आएको छ ।
त्यसोभए प्रधानमन्त्रीले राजीनामा दिनुहोला ?
खड्जी मेरो पुरानो साथी देशको प्रधानमन्त्री पनि हो । कम्युनिस्ट आन्दोलनमा मभन्दा अलि जुनियर पनि हो । त्यसैले उहाँहरुलाई डोर्याउने व्यक्ति पनि म हुँ । मैले उहाँलाई धेरै माया पनि गर्छु ।
अब प्रधानमन्त्रीको राजीनामा आएन भने तपाईंहरु कस्तो कदम चाल्नुहृुन्छ ?
अहिले नै प्रधानमन्त्रीको राजीनामा आइहाल्छ भन्ने पक्षमा म छैन ।
पार्टीले माग्दा पनि राजीनामा पनि दिनुहुन्न ?
यसमा म चाहीं गुटबन्दी नगरौं भन्छु । त्यहाँ गुटबन्दी पनि भएको छ । हामीले हेर्दा सत्य, तथ्य हेर्नुपर्छ । अझ मैले त यो एमसीसी, नागरिकताको कुराले विवाद ल्याउँछ । त्यसले फेरि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद ओझेलमा पार्छ त्यसैले स्थगत गरौं पनि भनेको छु । अर्को कुरा उहाँलाई मौका पनि दिइएको छ । त्यसमा उहाँले आफ्ना गल्ती, कमजोरीप्रति आत्मालोचना किन नगर्ने ?
प्रधानमन्त्रीले त मैले जे गरेको ठीक गरेको छु भन्नुभएको छ नि ?
प्रधानमन्त्रीजीले सबै नराम्रा काम गरेको भनेका छैंनौं । उहाँ केही सकारात्मक कामहरु पनि छन् । तर, केही भ्रष्टाचारका कुराहरु केही पार्टीभित्रका कुराहरु, नातावाद, कृपावाद, बिकृतिविसंगतिहरु हेर्दा प्रधानमन्त्रीका केही आलोचित काम हरुछन् । यी कुराहरु उहाँलाई हामीले देखाउने हो ।
तपाईंले यी कुराहरु देखाउँदा पनि उहाँले मान्नुभएन भने के गर्नुहुन्छ ?
हाम्रा प्रधानमन्त्रीजी पार्टीभन्दा ठूलो हो ?
प्रधानमन्त्री पद ठूलो होइन ?
शासकीय दृष्टिकोणले प्रधानमन्त्री ठूलो हो । तर, दलीय राजनीतिमा प्रधानमन्त्री भनेको जनताले चुनाका प्रतिनिधिहरुबाट चुनिएकाले उहाँ उत्तरदायी कोसँग हुनुपर्छ । संसदमा हुनुप¥यो । ती संसद् पनि पार्टीबाट आएका छन् । प्रधानमन्त्रीजी र प्रचण्डजी पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँहरु नै पार्टीप्रति जवाफदेही हुनुभएन भने पार्टी नै भएन, स्वच्छाचोरीता भयो । त्यो अधिकार न प्रचण्डजीलाई छ, न त प्रधानमन्त्रीलाई, न मलाई न अरु कुनै साथीहरुलाई छ ।
यदि प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने उहाँलाई बहमुतका आधारमा संसद्बाट हटाउन सक्नुहुन्छ ?
तपाईंले सही कुरा सोध्नुभयो । कसले हटाउन सक्छ उहाँलाई त त्यसका प्रक्रियाहरु छन् ।
प्रक्रियामा जानुहुन्छ ?
हिजो पार्टी एकता किन भयो ? आफ्ना स्वार्थका लागि, पद बाँडफाट गर्नका लागि भएको हो कि लक्ष्यको लागि ?समाजवादको लक्ष्य प्राप्त गर्न भएको हो । तर अहिले आएर स्वार्थैस्वार्थको प्रतिस्पर्धा भयो । पार्टीले भनेको प्रधानमन्त्रीले नमान्ने । यता नेताजीहरु पनि झिनामसिना कुरा उठाएर गुटबन्दीतिर लाग्ने । म चाहीं अभैm पनि गुटउपगुटबाट पार्टीलाई जोगाएर जानुपर्छ भन्ने पक्षमा छु । त्यसले अहिले नै प्रधानमन्त्रीको राजीनामा पनि मागिहाल्ने बेला भएको छैन । उहाँले राजीनामा माग्नेबित्तिकै दिनुपनि हुन्न । वैकल्पिक बाटो पनि खोज्नुभएको होला । सायद पार्टी दर्ताले त्यसको संकेत गर्छ ।
अब प्रधानमन्त्रीले पार्टी फुटाउनुभयो भने के गर्नुहुन्छ ?
यो त इतिहासको यत्रो दुई तिहाईको सरकार भएको बेलामा प्रधानमन्त्री आफै यो पार्टी फुटाउनेतिर उद्दत हुनुभयो भने इतिहासले उहाँलाई क्षमा दिनेवाला छैन । त्यो किन दिँदैन भने उहाँलाई काम गर्ने मौका जनताले दिइएका छन् नि ।
प्रचण्डले त प्रधानमन्त्रीलाई सधैं असहयोग गरिरहनुभएको छ नि ?
यसमा खड्ग ओलीका सबै दोषैदोष, प्रचण्डजीका सबै ठिकैठीक पनि म भन्दिँन ।
यदि यो पार्टी फुट्यो भने के हुन्छ ?
यो पार्टी फुट्दैन मलाई त्यही लाग्छ । यीनै सानातिना कुरामा पार्टी फुट्यो भने त्यो भन्दा दुर्भाग्य अरु केही हुँदैन । यदि कसैले आफ्ना स्वार्थपूर्तिका लागि पार्टी नै फुटाउँछ भने उसलाई इतिहासले क्षमा दिँदैन ।



प्रतिक्रिया दिनुहोस्