Logo

ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो



काठमाडौं, १७ असार । नेपालमा आज ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको बुझिएको छ ।

संक्रमित थपिएको जानकारी अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् औपचारिक जानकारी दिदैछ । यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्