Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ३० जना को को (विवरणसहित)



काठमाडौं, १७ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३० जनाको मृत्यु भएको तथ्यांक छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक पुरुषको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेमा २६ पुरुष र ६ महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । मृतक अछाम रारोशन गाउँपालिकाका बासिन्दा थिए । उनलाई स्वास प्रश्वासको समस्या भएपछि १३ असारमा बयलपाटा अस्पतालमा लगिएको थियो । मधुमेहका विरामी उनको १४ असारमा अस्पतालमै मृत्यु भएको थियो ।

मृतकको १६ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई कुर्न बसेका दुईजनाको भने कोभिड १९ नमुना परीक्षणबाट रिपोर्ट नेगेटिभ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि मृत्यु हुनेहरुमा रौतहटका ३० वर्षीय पुरुष हुन् । उनी १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वाब परीक्षणबाट १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, मृत्यु हेनमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष हुन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको १३ असारमा मृत्यु भएको थियो । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका थिए । उनको ११ असारमा कोरोना पुष्टि भएको थियो ।
दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी थिइन् । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ । ती महिलाको परिचय अझै खुल्न सकेको छैन ।
स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका थिए । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको थियो । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको थियो । ११ असारमा शव व्यवस्थापन भइसकेको छ । शव व्यवस्थापनका क्रममा स्थानीयले विरोध गरेपछि गोली समेत चलाइएको थियो ।
अर्का पुरुष ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष हुन् । उनको ५ महिना अघि मृगौला प्रत्यारोपण भएको थियो । कोखा दुखेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि मृत्यु भएकाहरुमा दैलेखका दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष हुन् । उनको ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको थियो । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको थियो ।
यसैगरी, गुल्मीका एकजना मृतक पुरुषको कोरोना संक्रमण पुष्टि भएको थियो । ६९ वर्षीय मृतक उपचारका लागि भारत गई २५ जेठमा स्वदेश फर्किएका थिए । गुल्मीको छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा घर भएका उनी प्यारालाइसिस रोगको उपचारका लागि भारत गएका थिए । स्वदेश फर्किएपछि उनी होम क्वारेन्टाइनमा रहेकोमा ५ असार मा घरमै मृत्यु भएको थियो । मृत्युपछि उनको सोही दिन नमूना संकलन गरी पठाइएकोमा ६ असारमा कोरोना पुष्टि भएको थियो । उनको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।
अन्य मृतकमध्ये कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष हुन् । बस व्यवसायी उनी सेती अस्पतालमा उपचाररत हुँदा ३ असारको साँझ मृत्यु भएको थियो । सिमानाकामा मानिसहरु बसबाट ओसारपसार गर्दै आएका उनको धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो ।
यसैगरी, कैलालीको लम्किचुआकी ४३ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनको टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरिएको थियो । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको जिथयो । मृत्यु भइसकेपछि ३ असारको साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि हिजो पत्ता लागेकी मृतक बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला हुन् । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको थियो । स्वाब परीक्षणका क्रममा उनको संक्रमण पुष्टि भएपछि ३ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यसैगरी संक्रमणबाट मृत्यु भएकामा गुल्मीका ३६ वर्षीय पुरुष हुन् । उनी रेसुङ्गा नगरपालिकाको आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको थियो । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्यान्सरको समेत संक्रमण थियो ।
३१ जेठमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो । मृतक एकजना बारा निजगढका ५ वर्षीय बालक हुन् भने अर्का बेवारिस रुपमा फेला परेका २५ वर्षीय पुरुष हुन् ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको थियो । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अर्का बालक बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी हुन् । उनलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु गरिएका थियो । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको थियो ।
यसअघि मृतक अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुष हुन् । उनको स्वास प्रश्वासमा समस्या आई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएको थियो । मृतक पुरुषको स्वाब संकलनका क्रममा २९ जेठमा कोरोना संक्रमण पत्ता लागेको थियो । ती पुरुष १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएका थिए ।
अन्य मृतकमा भरतपुर महानगरपालिका वडा ११ का निमोनिया संक्रमित पुरुषको २६ जेठमा पुष्टि भएको थियो । निमोनिया संक्रमित उनको उपचारका क्रममा निधन भएको थियो ।
यसैगरी, २६ जेठमा स्याङ्जाको वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात नमुना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि मृत्यु हुनेहरु विभिन्न जिल्लाका छन् । डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु २० जेठमा भएको थियो । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २४ जेठमा पत्ता लागेको थियो ।
यसैगरी २४ जेठमै कोरोना संक्रमण पत्ता लागेकी सेती अञ्चल अस्पतालकी ५५ वर्षीया महिला धनगढी ४ की हुन् । मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको उनको कोरोना संक्रमण भेटिएको थियो ।
यसअघि सुर्खेतका पुरुषको हिजो मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु पुष्टि भएका २० वर्षीय युवक ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
पञ्चपुरी नगरपालिका १ हाँसे घर भएका उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन् ।
पाल्पाका एक पुरुषको मृत्यु पुष्टि भएको थियो । उनी सिलुवाखोलाका ४५ वर्षीय पुरुष हुन् । उनी स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि तीन दिन अघि मिसन अस्पताल पाल्पामा लगिएको थियो ।
उपचारका क्रममा ती पुरुषको २० जेठमा मृत्यु भएको थियो । स्वाब संकलनका क्रममा संक्रमण पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मृतक पुरुष पाँच दिन अघि भारतबाट आएका थिए ।
२१ जेठमा थप एकजनाको मृत्यु भएको थियो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो ।
१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
१९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको
२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी
२५. स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि
२६. ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।
२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी महिला । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ ।
२८. कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १३ असारमा मृत्यु । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका । ११ असारमा कोरोना पुष्टि भएको थियो ।
२९. रौतहटका ३० वर्षीय पुरुष । १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको । स्वाब परीक्षणका क्रममा १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १५ असारमै नेपाली सेनाले शव व्यवस्थापन गरेको
३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि



प्रतिक्रिया दिनुहोस्