Logo

दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा



काठमाडौ, १७ असार । दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) मल्ल र सव–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

उनीहरुलाई अख्तियारले कार्यास्थलबाट नियन्त्रणमा लिई घर खानतलासी गर्दा मल्लको आवासबाट २ लाख ४२ हजार १६ रुपैयाँ बरामद भएकोले अनुसन्धानको सिलसिलामा सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे सहित चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्