Logo

ढोकाको ताल्चा फुटाउँदै गर्दा पक्राउ



भक्तपुर, १७ असार । घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा सुजन तामाङ लगायत ५ जना गएराति पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका लोकन्थली बस्ने मिना केसीको घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा घर भएका तामाङ लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

चोरी गर्ने उद्देश्यले ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्