Logo

छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



दाङ, १७ असार । आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा खुसीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दंगिशरण गाउँपालिका नौबस्ताका चौधरी पक्राउ परेका हुन् ।

सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएको सुचना पाएलगत्त ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्