Logo

स्रोत नखुलेको नगद सहित पक्राउ



पर्सा, १७ असार । स्रोत नखुलेको नगद सहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन् । वीरगंज महानगरपालिका रमगढवाबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोकाका प्रमोद कुमार र वीरगंज महानगरपालिका सिर्सियाका सत्तोधन प्रसाद कलवार रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५१ प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्