Logo

लागूऔषधसहित पक्राउ



काठमाडौं, १७ असार । अवैध लागूऔषधसहित २ जना मंगलबार साँझ पक्राउ परेका छन् । सैनामैना नगरपालिका बक्सड डाँडाबाट अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो ५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाल्पा रिब्दिकोट गाउँपालिकाका सुसान्त रायमाझी र रुपन्देही बुटवल उपमहानरपालिका तामनगरका प्रकाश थापा रहेका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रन्यौरा र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै रौतहट चन्द्रपुर नगरपालिका स्थित सडकबाट अबैध लागूऔषध गाँजा ४ केजी सहित कटहरिया नगरपालिकाका दुर्गा दास समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बीआर २२ यू १७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्