Logo

पुजा शर्माको अन्तवार्तापछि पत्रकारमाथी कड्किए दिपक गिरी



काठमाडौ, १७ असार । निर्देशक तथा निर्माता दिपकराज गिरीले पत्रकारको कडा आलोचना गरेका छन् । उनले कलाकारहरुले बुझेर मात्र पत्रकारहरुलाई अन्तवार्ता दिनु पर्ने बताएका हुन् ।

केहि दिनअघि देखि नायिका पुजा शर्मालाई पत्रकारले सोधेको प्रश्नको बारेमा प्रश्न उठाउदै पुजाको पक्षमा बोलेका छन् । उनले अन्र्तवार्ता भन्दैमा कलाकारहरु जतिबेला जुनसुकै परिस्थितीमा पनि तयार हुने स्वभाव नराम्रो भएको धारणा राखेका छन् ।

दिपकले कलाकारहरुलाई सबैको ज्ञान जानकारी हुनुपर्छ भन्ने छैन भन्दै सैबै पत्रकारहरु एकै नहुने पनि आरोप लगाएका छन् ।

दिपकले लेखेका छन्, ‘आज म लेख्दैछू……एउटा अन्तवार्ता दियो । जताततै भाइरल, बिरोध, गालिको बर्षा । त्यसपछि कलाकारको निन्द्रा कमसेकम ३ दिनको लागि गायब ..सबै पत्रकारको नियत राम्रो हुदैन । ’

उनले अगाडी प्रश्न गरेका छन, ‘एउटा कलाकारले सामान्य ज्ञान कन्ठ गर्नै पर्छ ? प्रश्न सोध्ने पत्रकारलाइ पनि हंगेरीको प्रधानमंत्री को नाम था होला ? केपि ओली ज्यूलाइ पहिलो कलर नेपाली फिल्म कुन हो था होला ? सबैलाइ सबै कुरा था हुनु जरूरी छैन । ’

निर्देशक दिपकले चलचित्र क्षेत्रमा आरोप लगाइएको परिवारवादको पनि टिप्पणी यसरी गरे, ‘जबकि नेपालमा चलचित्र उद्योग नै बाल्यकाल मैं छ । यस्ता परिवारबाद त बिकसित उद्योगमा हुने कुरा हो । ’

उनले अगाडी लेख्छन्, ‘दोष पत्रकारको मात्रै छैन हाम्रो पनि छ ,

चलचित्र प्रमोशनको समय देखि हरेक दिन हामि अन्र्तवार्ताका लागि लालायित हुने, यस्का लागि पत्रकार संगको अत्याधिक सामिप्यता राख्ने, सबै आन्तरिक कुरा खोल्ने, यस्ता कुराहरूमा हाम्रो पनि कमजोरी छ । ’

अन्तमा उनले कलाकारहरुलाई सुझाव दिएका छन्, ‘अन्तर्वार्ता दिदा होशियार होऔ, सकेसम्म टारौ, नसके पत्रकार संग प्रसस्त छलफल गरेर आफू पूर्ण रूपमा तैयार भएर मात्रै अन्तर्वार्ता गरौ । आफ्नो ब्यक्तित्व, आधा घन्टाको अन्र्तवार्ता बाट स्वाहा नपारौ । ’  तस्वीर दिपक राज गिरी फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्