Logo

भारतमा झण्डै छ लाख कोरोना सङ्क्रमित



१७ असार: महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८7 हजार ९२ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये तीन लाख ४८ हजार ४८७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४१७ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो । प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्