Logo

कोरोना संक्रमण कुन प्रदेशमा कति ? कुनकुन जिल्लामा नाघ्यो ५ सय



असार १७, काठमाण्डौ । नेपालमा बुधबारसम्म १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ७ वटा जिल्लामा बढि संक्रमण देखिएको छ ।

७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको हो । प्रदेश २ का महोत्तरी, रौतहट र सर्लाही प्रदेश ५ को कपिलवस्तु र दाङ, कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सय नाघेको छ ।

त्यसैगरी प्रदेश दुईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ८ सय ५६ जना पुगेको छ । त्यसपछि धेरै संक्रमण हुने प्रदेशको दोस्रो नम्बरमा प्रदेश पाँच रहेको छ । जहाँ ३ हजार ८ सय ४३ जना पुगेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश १ मा ६ सय २३ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित भेटिएका छन् ।

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मृतक संख्या ३० पुगेको छ । अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ वटा पिसिआर परिक्षण भएको छ । अहिलेसम्म कूल ५ लाख १२ हजार ६ सय ५ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये २ लाख ३३ हजार २ सय २७ वटा पिसिआर र ३ लाख ६ सय २० वटा आरडिटी परिक्षण सम्पन्न भएको छ ।

अहिले देशभरका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।

पछिल्लो थप अपडेट



प्रतिक्रिया दिनुहोस्