Logo

राहुल गान्धीद्धारा चिकित्सकहरुसँग अन्तक्रिया



१७ असार : भारतको विपक्षी दल काँग्रेसका नेता राहुल गान्धीले कोरोना भाइरसको संक्रमणको यस समयमा स्वास्थ्य उपचारमा खटिएका भारतका चिकित्सक र नर्सहरुसँग अन्तक्र्रिया गरेका छन् ।

आज भारतमा मनाइएको चिकित्सक दिवसका अवसरमा उनले यहाँका चिकित्सक र नर्सहरुसँग कुराकानी गरेका हुन् । त्यस क्रममा उनले कोरोना भाइरसको महामारीको उपचारका क्रममा नर्सहरुले गरेको योगदानको प्रसंशा गरेकाथिए ।

भर्चुअल माध्यमबाट गरिएको सो अन्तक्र्रियामा चिकित्सक र  नर्सहरुले कोरोना महामारीको उपचारका क्रममा आफूलाई परेका विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्