Logo

वार कलेज गरेका जर्नेल र मनोनयनमा परेका कर्णेल बर्खास्त



काठमाडौँ, १७ असार। नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक ऐन विपरीतका गतिविधि गरेको भन्दै बुधबार सैनिक अदालतले सहायक बर्खास्त गरेको हो ।

आचरण विपरीत गतिविधि गरेको कसुरमा उनीहरुलाई बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

’दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासयन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको छ,’ सहायक रथी पाण्डेले भने ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचारमा संलग्न सैनिकमाथि कडा कारबाहीको अभियान अघि बढाएका छन् । जसअन्र्तगत दर्जनौं सैनिक बर्खास्त भइसकेका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्