Logo

बैंकको साँवा तिर्ने समय लम्बिने, व्याज भने असारमसान्त भित्र तिर्नु पर्ने



काठमाडौं, १७ असार । सरकारले लकडाउनमा आर्थिक गतिविधि शुन्य भएपछि बैंकको सावाँ तिर्ने समय अवधि लम्बाइने भएको छ । तर, व्याज भने असारमसान्त भित्र तिर्नु पर्ने व्यवस्था गर्न लागिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उक्त व्यवस्था गर्नका लागि निर्देशन दिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ । कोरोना भाइरसबाट उद्योग व्यवसायीलाई परेको मर्कालाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न लागिएको हो ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनो भाइरस (कोभिड १९) ले राष्टिय तथा अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रलाई तहस नहस पारेको छ । नेपालको अर्थतन्त्रमा त्यसको प्रभाव परेपछि राष्ट्र बैंकले साँवा तिर्ने समय लम्बाउने र व्याज भने असार मसान्तभित्र बुझाउनै पर्ने व्यवस्था गर्न लागेको हो । ‘एयरलाइन्स र होटल ज्यादै नै प्रभावित भएकाले ती क्षेत्रले लिएको साँवा र व्याज के गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अन्य व्यवसायीहरूले भने व्याज असार मसान्त भित्र र साँवा भने पछि तिरेपनि हुने व्यवस्था गर्न लागिएको हो ।’

ऋण लिएर व्यापार, व्यवसाय, उद्योगहरू सञ्चालन गरिरहेकाहरूको पनि व्यवसाय ठप्प छ । सरकारले चैत मसान्तभित्र तिर्नु पर्ने साँवा व्याज भुक्तानीको समय असार मसान्तसम्म बुझाए हुने भन्ने व्यवस्था गरेपनि व्यापार व्यवसाय ठप्प भएकाले त्यतिबेलासम्म पनि बुझाउन सक्ने अवस्था व्यवसायी छैन् ।

राष्ट्र बैंकले कर्जाको साँवा तिर्ने समयसिमा असार मसान्त भन्दा पनि ती महिना पर धकेल्ने सम्भावना छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील पनि व्याज र किस्ता तिर्ने समयसिमालगायतको आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको बताउँदै आएका छन् । गभर्नर अधिकारीको भनाइ सार्वजनिक भए लगतै बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेकाले ठूलो राहत महशुस गरेका थिए ।

असारमसान्तसम्म साँवा बुझाउन नसक्नेलाई बैंकहरूले खराव कर्जा नराख्ने भएको छन् । बैंकहरूलाई नियमन गर्ने केन्द्रीय बैंक राष्ट्र बैंकले केही दिन भित्रै ल्याउने मौद्रिक नीति वा त्यो भन्दा अघि नै राहत प्याकेज ल्याउने सम्भावना छ । पछिल्लो समय विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९ का कारण उद्योग, व्यापार व्यवसाय ठप्पजस्तै छन् भने बैंकमा थुप्रिएको रकम लगानी हुन सकेको छैन् ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्