Logo

भारतमा कोरोनाविरुद्व कोभ्याक्सिनको मानव परिक्षण हुँदै



एजेन्सी, १७ असार । भारतको प्रख्यात औषधी निर्माता कम्पनी भारत वायोटेकलाई केन्दिय औषधी मानक नियन्त्रण संगठनले मानव परिक्षण गर्न अनुमति दिएको छ । भारत बायोटेकले कोरोना विरुद्व पहिलो औषधी कोभ्याक्सिन निर्माण गरेको हो ।

औषधीलाई मानव परिक्षण गर्न अनुमित सरकारले दिएको कम्पनीले जनाएका छन् । जुलाई महिना देखि उक्त औषधीको भारतभर परिक्षण गरिने जनाइएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद राष्ट्रिय विषाणु संस्थान (एनआईभी) र भारत बायोटेकको संयुक्त साझेदारीमा कोभ्याक्सिनको निर्माण गरिएको हो । लक्षण नदेखिएको कोरोना संक्रमित व्यक्तिको शरीरबाट भाइरसको जीनलाई परिक्षण गर्दै खोप निर्माणमा बायोटेक फर्म मे महिनादेखि लागेको थियो । औषधी निष्क्रिय भाइरस रहेको जनाइएको छ ।

कोरोना संक्रमित व्यक्तिमा उक्त औषधी इन्जेक्ट भएमा यसले भाइरसको सक्रियतालाई मार्न सम्ने विश्वास कम्पनीले दिलाएको छ । कोरोना विरुद्व कोरोनाको निश्क्रिय भाइरस नै संक्रमित व्यक्तिमाथि प्रभावकारी हुने विषयमा कम्पनीको जोड रहेको छ । मानव परिक्षण हुनुभन्दा अगावै औषधीको परिक्षण जनावरमा गरिएकोे थियो । ड्रग कन्ट्रोलरले औषधीलाई पहिलो र दास्रो चरणको मानव परिक्षण गर्न अुनमित दिएको हो । भारतमै निर्मित औषधी कोरोना विरुद्व लड्न प्रभावकारी सावित भए ठूलो उपलब्धीको रुपमा देखिने छ ।

औषधीलाई चार चरणको परिक्षण पार गर्नुपर्ने व्यवस्था रहेको छ । अहिलेसम्म उक्त औषधी मावनमाथि कस्तो भूमिका खेल्ने विषय अन्योल रहेको छ । परिक्षण पश्चात मात्र उक्त औषधीको विषयमा खुलस्त रुपमा जनाइने छ । भारतमा कारोना विरुद्वको औषधी निर्माण गर्न जाइडस क्यालिडा, सिरम, पेनेसिया दौडामा सामिल रहेको छ । दौडमा रहेका सम्पूर्ण दाबेदारहरुको औषधी परिक्षणको क्रममा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्