Logo

ओली हटाउन ३० नेताले मुठ्ठी कसे (सुचीसहित)



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको टकराव निर्णायक मोडमा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको समुहले आज छुट्टै भेला गरेको छ । जसमा सचिवालयका छजना र स्थायी कमिटिका ३० जना सहभागी थिए । यो पार्टी कमिटीमा भारी बहुमत हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । बैठकले ओलीलाई पदबाट हटाउन कदम चाल्ने निर्णय गरेको बुझिएको छ । एक भएर कडा रुपमा प्रस्तुत हुने सम्मको रणनीति बनाइएको छ ।

बैठकमा बहालवाला मन्त्रीहरु पनि सहभागी थिए । गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल सानेपाको अगेनो रेष्टुरेन्टमा भएको भेलामा सहभागी थिए ।

पर्यटनमन्त्री योगेश भट्टराई भने सहभागी भएनन् । उनी विहान ओलीले बोलाएको बैठकमा सहभागी थिए । उनले पार्टी एकतामा जोड दिदै आएका छन् । उनले आफ्नो विशेष काम भएको हुनाले बैठकमा आउन नसक्ने तर निर्णयमा आफू सहमत भएको जानकारी गराएको बुझिएको छ।

बैठकमा सहभागीहरुः

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।



प्रतिक्रिया दिनुहोस्