Logo

चीनमा महामारी फैलाउन सक्ने नयाँ ‘स्वाइन फ्लू’ भाइरस देखापर्यो



एजेन्सी १७ असार : चीनमा एउटा नयाँ स्वाइन फ्लू पत्ता लागेको छ । कोरोना महामारीका बेला उक्त फ्लुले थप समस्या सिर्जना गर्नसक्ने छ । उक्त भाइरस अधिक खतरनाक भएको बताइएको छ ।अनुसन्धानकर्ताहरुले खोजी गरेको नयाँ स्वाइन फ्लू रोग सन् २००९ मा पूरै विश्वमा फैलिएको एचवानएनवान स्वाइन फ्लू कै अनुवांशिक वंशज हो ।

नयाँ स्वाइन फ्लू को नाम G4 रहेको छ । चीनका वैज्ञानिकहरुले यसलाई खोज्नका लागि सन् २०११ देखि २०१८ सम्म अनुसन्धान गरेका हुन् । यस क्रममा वैज्ञानिकहरुले चीनको १० राज्यबाट ३० हजार सुँगुरको नाकबाट स्वाब लिए, यसैको जाँच गरिएको हो ।

चीनका कयौँ यूनिभर्सिटी र चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका वैज्ञानिकका अनुसार, नयाँ स्वाइन फ्लू यति धेरै शक्तिशाली रहेको छ कि, यसले मानिसलाई अधिक धेरै बिरामी बनाउन सक्नेछ ।

स्वाबबाट चीनमा १७९ प्रकारका स्वाइन फ्लू पत्ता लागेको छ । यिमध्ये G4 लाई अलग गरियो । अधिकतम सुँगुरमा G4 स्वाइन फ्लू पाइयो । जुन सन् २०१६ पछि सुँगुरहरुमा रहेको पाइयो । त्यसपछि वैज्ञानिकहरुले G4 माथि अध्ययन सुरु गरेर यससम्बन्धि खुलासा गरेका हुन् । वैज्ञानिकहरुले दाबी गरेका छन् कि, चीनमा सुँगुर फर्ममा काम गर्ने प्रत्येक १० मध्ये एकजनामा यो फ्लूको संक्रमण पाइएको छ । ती वैज्ञानिहरुले त्यहाँका मानिसहरुको एन्टीबडी टेस्ट गरेका थिए, जसमा जी४ संक्रमणको पुष्टि भएको हो ।

दुई सय ३० जना मानिसहरुमा उक्त भाइरसको परीक्षण गरिएको थियो, जसमा करिब ४.४ प्रतिशत मानिसहरुमा G4 को संक्रमण थियो यो भाइरस सुँगुरबाट मानिसहरुमा पुगेको हो। यद्यपी यो मानिसबाट मानिसमा सरेको छ कि छैन भन्ने कुराको कुनै पनि प्रमाण प्राप्त भएको छैन । उक्त भाइरसमाथि वैज्ञानिकहरुले अनुसन्धान गरिररहेको छ ।-Photo Source : Select news 91



प्रतिक्रिया दिनुहोस्