Logo

सेनाका सहायक रथी र महासेनानी बर्खास्त



काठमाडौं, असार १८। नेपाली सेनाले सहायक रथी र महासेनानी गरी आफ्ना दुई उच्च अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ ।

समरी जनरल सैनिक अदालतको बुधबारको निर्णयबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरिएको हो ।

समरी अदालतको निर्णयमा सैनिक ऐन २०६३ बमोजिम दुबै उच्च अधिकृतलाई कारवाही गरिएको भनिएको छ ।

‘माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको हुँदा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ ।’ निर्णयपछि सैनिक जनसम्पर्क निर्देशनालयद्धारा बुधबार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्