Logo

ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिँदै



काठमाडौं, १८ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले चासोको विषय बनेको छ ।

बुधबार बसेको जारी स्थायी कमिटी बैठकमा पाँच जना नेताले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भएको थियो । नेकपाभित्र विशेष गरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लेनदेनमा कुरा मिल्न नसक्दा यसपटकको स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्रीको राजीनामाको विषयले प्रवेश पायो ।

राजीनामा दिनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरुबीच जनमत बढेपछि प्रधानमन्त्री ओलीले बैठकमा फेस गर्ने भन्दा पनि अन्य विकल्पबाट समस्याको समाधान खोजी शुरु गर्नुभएको छ ।

बुधवार बिहान मात्र आफू निकटका स्थायी कमिटीका सदस्य र मन्त्रीसँग समस्या समाधानको विकल्पका बारेमा सुझाव दिनुभएको थियो । दुवै पद छोड्न दबाब दिए पनि अहिले प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक रोज्न ओलीलाई आग्रह गरिरहेका समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्