Logo

बाआमा र छोरासहित एकैै परिवारका ३ मा कोरोना



नेपालगन्ज, १८ असार । बाँकेको कोहलपुर नगरपालिकामा एकै परिवारका बा, आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर २ का ३९ वर्षका पुरुष, उनकी पत्नी र ९ वर्षका छोरामा बुधबार कोरोना पुष्टि भएको हो।

उनको परिवार भारतको दिल्लीबाट नेपाल आएर कोहलपुर २ को लक्ष्मी माध्यमिक विद्यालय वर्दहवाको क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनबाट कोरोना परीक्षण गरेर घर पठाउने बेलामा पीसीआर रिपोर्ट पोजेटिभ आएका हो। तिनै जना स्वस्थ छन्। कोरोनासँग सम्बन्धी कुनै पनि लक्षण देखिएका छैनन्।

बाँकेमा बुधबार कोहलपुरका तीन र खजुराका चार गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लामा कोरोनाका कूल संक्रमित तीन सय ६३ पुगेका छन्। तीन सय ३० जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् भने ४२ जना उपचारमा छन्। कोरोनाबाट जिल्लामा दुई जनाको ज्यान गएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्