Logo

बाख्रा अनुसन्धानमा सफलता



बन्दीपुर, १८ असार । लकडाउनको समयमा धेरै सरकारी काम ठप्प छन्। तर, तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रको काम भने तीव्र गतिमा भइरहेको छ। केन्द्रका वैज्ञानिक दिनरात काममा खटिरहेका छन्।

केन्द्रका प्रमुख वरिष्ठ पशु वैज्ञानिक राजु कँडेल भन्छन्,‘लक डाउनमा पनि हाम्रो काममा खासै प्रभाव परेको छैन।’ कँडैलसँगै केन्द्रका अरु दुई पशु वैज्ञानिक र केही पशु प्राविधिक काममा तल्लिन छन्। ‘नेपाली माटो अनुकूलको शुद्ध बोअर उत्पादनको अध्ययन अनुसन्धानमा लक डाउनले प्रभाव पारेको छैन’, उनले भने। उनले यसो भनिरहँदा केन्द्र रहेको बन्दीपुर गाउँपालिकाका ११ जनामा कोभिड १९ पोजिटिभ देखिएपछि गाउँपालिकालगायत कार्यालय र निजी क्षेत्र पनि एक सूचना निकाल्दै साता दिनका लागि बन्द भए। तर यसले पनि बाख्रा जातिको अध्ययन अनुसन्धानमा खासै प्रभाव पार्न सकेन।

संवेदनशील अनुसन्धान भएकाले संक्रमणको जोखिमका कारण अरु बेला पनि केन्द्रमा प्रवेश गर्नेका लागि कडाइ हुन्छ। कोरोनाको संक्रमण देखिएपछि केन्द्र प्रवेश गर्न झनै कडाइ छ। मास्क र स्यानिटाइजर लगाएर जान पनि पूर्वअनुमति आवश्यक पर्छ। यसले पनि बाहिरको जोखिम भित्र नआउने आशमा वैज्ञानिक ढुक्कसँग अनुसन्धानमा तल्लिन रहेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्