Logo

स्थानीय तह र सकारी कार्यालयमा जोड–घटाउ शुरू



काठमाडौ, १८ असार । असार मसान्त नजिकिँदै लाग्दा स्थानीय तह र सरकारी कार्यालयमा जोड घटाउको काम शुरू हुन थालेको छ । चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम अनुगमनमा निस्केका कर्मचारीहरू बलियो बनाउन सुझाव दिनुभन्दा पनि समितिले सञ्चालन गरेका कार्यक्रममा जोड र घटाउको काममा व्यस्त देखिने गरेका छन् ।

आर्थिक वर्षको अन्तिम समय आउनै लाग्दा उपभोक्ता समिति र योजना विनियोजन गर्ने कार्यालयहरू सक्रियरूपमा लागेको पाइएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले नेपाल सरकारले देश नै लकडाउन गरेपछि चैत महिनादेखि योजनाका काम हुन नसक्दा असार १ गतेदेखि सरकारले लकडाउनलाई केही खुकुलो पारी योजनाका कार्यक्रमहरू गर्न दिने आदेश भएपछि उपभोक्ता समितिले योजनाका काम शुरू गरेका हुन् ।

गत वर्ष चैतदेखि शुरू हुने योजनाका काम यस आर्थिक वर्षमा असार पहिलो हप्तादेखि शुरू भएकाले योजना तथा कार्यक्रम सम्पन्न गर्न उपभोक्ता समितिलगायत समूहलाई धौ–धौ पर्ने देखिएको छ । योजना विनियोजन गर्ने कार्यालयबाट अनुगमन मूल्यांकन पनि हुने गरेका छन् । योजनाका काम असार मसान्तसम्म सम्पन्न गर्न उपभोक्ता समितिलाई सुझाव दिने गरेको समाचार आजको नेपालसमाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्