Logo

खरको छाना विस्थापित हुदै



लमजुङ, १८ असार । लमजुङका सबै स्थानीय तहमा खरको छाना विस्थापित गर्न ४ करोड ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । शहरी विकास मन्त्रालयको गरिब तथा विपन्न समुदायका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापित गर्न आर्थिक वर्ष २०७७÷७८ को बजेटमा लमजुङलाई ४ करोड ८८ लाख बजेट विनियोजन भएको हो ।

सरकारले खरको छानो विस्तापित गर्न लमजुङका स्थानीय तहलाई बजेट विनियोजन गरेसँगै जिल्लामा खरको छाना भएका सबै घरमा जास्तापाता राखिने भएको हो । लमजुङका आठ स्थानीय तहका कुल ९ सय ७६ घरको छाना फेर्ने गरी बजेट विनियोजन भएको छ ।

नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङको पहलमा जिल्लाका स्थानीय तहलाई खरको छाना विस्थापित कार्यक्रमका लागि बजेट विनियोजन भएको मुख्य सचेतक गुरुङका स्वकीय सचिव कमल खड्काको भनाइ रहेको समाचार समाचार पत्रले छापेको छ । File photo



प्रतिक्रिया दिनुहोस्