Logo

‘म यो क्षेत्रमा ३० वर्षदेखि छू, टुप्पोबाट पलाएको पनि छैन’ दिपाश्री निरौला



काठमाडौं, १८ असार। नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वाता दिएकी हास्यकलाकार दिपा श्री निरौला विवादमा तानिएकी छन् ।

चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने बताएकी छन् ।

कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बताएकी छन् ।

यस्तै आफ्नो विगत सम्झदै निरौलाले लेखेकी छन्, मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्