Logo

प्रचण्ड निवासमा स्थायी कमिटि सदस्यको भेला,योगेश भट्टराईसमेत सहभागी



काठमाडौं,असार १८ । नेपाल कम्युनिस्ट पार्टीभित्रको स्थायी कमिटि बैठक निर्णायक मोडमा पुगिरहदा खुमलटारस्थित प्रचण्ड निवासमा ओली विरोधी समयुहको छुट्टै भेला बसिरहेको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दे आजको भेलामा ३१ जना स्थायी समितीका सद्स्यले सहभागीता जनाएका छन् । उक्त भेलामा बुधबार अनुपस्थित रहेका स्थायी कमिटि सदस्य योगेशकुमार भट्टराई समेत सहभागी भएका छन् । बुधबारको भेलामा सचिवालयका छजना र स्थायी कमिटिका ३० जना सहभागी रहेका थिए ।

खुमलटारमा जारी भेलाले आज बस्ने स्थायी कमिटिको बैठकमा आफ्नो पक्षबाट प्रधानमन्त्रीको राजिनामा बारे निर्णायक छलफल गरिरहेको बुझिएको छ । बैठकमा सहभागी स्रोतका अनुसार आजको बैठकले प्रधानमन्त्री ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णमा जोड दिएको छ ।

यसअधि बुधबार बसेको भेलाले प्रधानमन्त्रीलाई पदबाट हटाउने रणनीति बनाएको थियो । बुधबार नै सानेपास्थित अगेनो रेष्टुरेन्टमामा ओली हटाउन सक्रिय समुहको छुट्टै भेला बसेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठका अलावा उक्त समुहका स्थायी कमिटी सदस्यहरु सानेपा बैठकमा सहभागी थिए ।

उक्त भेलाले ओलीलाई सत्ताबाट हटाउन एकजुट भएर जाने निर्णय भएकाले आजको बैठक निर्णायक रुपमा समेत हेरिएको छ । ओली पक्षले समेत बुधबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा छुट्टै बैठक बोलाएका थिए । उक्त भेलामा पर्यटनमन्त्री भट्टराई समेत सहभागी थिए । बैठकमा सहभागी भएर फर्केका उनले एक भिडियो सार्वजनिक गर्दे आफुले पार्टी एकता कायम राख्न सुझाव दिएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्