Logo

को–को पुगे प्रचण्ड निवास खुमलटार?



काठमाडौं, असार १८ । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि अहिले अध्यक्ष द्धयले आफू निकट स्थायी कमिटि सद्स्यसंग छलफल तिब्र पारेका छन् ।

स्थायी कमिटिको बैठकमै प्रधानमन्त्री ओलाीलाई मार्ग प्रशस्त गर्न माग भएपछि पछिल्ला राजनीतिक घटनाक्रम संगै प्रधानमन्त्रीको पद् समेत धरापमा पर्न सक्ने भएको छ । प्रधानमन्त्रीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपनि विहिबार विहान प्रचण्ड निवासमा बसेको बैठकले प्रधानमन्त्रीको पद छोडे पार्टी अध्यक्षको पद भने जोगाउन सकिने निणर्य गरेको बुझिएको छ ।

गत आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दूतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि पार्टीको समेत बदमान गराएको भन्दै प्रचण्ड पक्ष ओलीसंग रुष्ट भएको हो ।

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाएको आरोपसहित प्रचण्ड पक्षले आज खुमलटारमा ओली पक्षधरसंग समेत छलफल गरेका छन् । आजको बैठकमा बुधबार सहभागी नभएका पर्यटनमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईलेसमेत सहभागीता जनाएका छन् ।

खुमलटार स्रोतका अनुसार आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल र पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सहभागीता जनाएका छन् ।

स्रोतका अनुसार अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, स्थायी कमिटि सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवालीसमेत खुमलटार पुगेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्