Logo

ओलीलाई प्रधानमन्त्रीबाट हटाई छाड्ने रणनीति, सहजै पद छाडे अध्यक्ष पद जोगिन सक्ने



काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउने राजनीतिक छलफल निर्णायक मोडमा पुगेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न दवाव दिदै आएको भएपनि आज प्रचण्ड निवासमा बसिरहेको बैठकले ओलीले सहजै प्रधानमन्त्रीबाट हटे उनको पार्टीको पदभने जोगाउन सकिने निणर्य गरेको हो ।

आजको खुमलटार बैठकमा ओलीले एक पद छाडे अर्काे पद रहनेगरि ओलीसमुहले मध्यमार्गी सुझाव दिएको स्रोतले जानकारी गराएको छ । दुईटै पद छाड्दा दुर्घटना हुन सक्ने भन्दै एक पदको जिम्मेवारी ओलीलाई थमाउँदै प्रधानमन्त्रीबाट भने फिर्ता बोलाउने निणर्यमा जोड दिइएको हो । प्रचण्ड पक्षले भने उक्त सुझावबारे छलफल जारी राखेका छन् ।

ओलीले आफूलाई हटाउने तयारी तिव्र भएको थाहापाएपछि बालुवाटारमै भेटघाट बाक्लो बनाएका छन् । उनले निकटस्थ र असन्तुष्टलाई डाकेर छलफलमा जोड दिएका छन् । उनले कुनै हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने र सबैलाई देखाइदिने भनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्