Logo

गुटबन्दी बढेर पार्टी लथालिङ भएपनि आम कार्यकर्ता ओलीकै पक्षमाः केशव बडाल



काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले पार्टी चलाउन नसक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन चलाउन नसक्ने संगठन विभाग प्रमुख बामदेव गौतमले विरोध गर्दैमा ओलीले दुवै पदबाट राजीनामा नदिने बताएका छन् । गत मंसिर ४ मा बसेको नेकपा सचिवालय बैठकले पार्टी चलाउन अध्यक्षको जिम्मा प्रचण्डलाई दिएपछि गुटबन्दी बढेर पार्टी लथालिङ भएको उनिहरुको भनाई छ ।

अध्यक्षको जिम्मा पाएपछि प्रचण्डले पार्टी चलाउनै नजानेको र संगठन विभागको जिम्मा लिएका बामदेव गौतमा पार्टीका संगठनहरुलाई चलायमान बनाउन नसकेको नेकपाका नेता केशव बडालको आरोप छ । प्रधानमन्त्री ओली विरामी परेको र कोरोनाका कारण लकडाउन गर्नुपरेकाले पछिल्लो समयमा सरकारका कामकारवाहीमा केहि असर परेको उनले बताए ।

पत्रकार ऋषि धमलासंग कुरा गर्दे बडालले आफुले काम गर्न नसक्ने नेताहरुले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीबिरुद्ध छरपस्ट बोलेको भन्दै ओलीले अर्को निर्वाचन नभएसम्म प्रधानमन्त्री पद र महाधिवेशन नभएसम्म अध्यक्ष पद नछाड्ने दावी गरे । प्रधानमन्त्री हटाउने अधिकार नेताहरुलाई नभएको र आम कार्यकर्ता ओलीकै पक्षमा रहेको बडालको जिकिर छ ।

बडालले भने,‘मंसिरको सचिवालयले कार्य विभाजन गरेर कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई दिएको हो । प्रदेश कमिटी बनेका छन् । संगठन निमार्ण गर्ने काम ओलीको हैन । पार्टी चलाउने काम त प्रचण्डको हो । कार्यकर्ता परिचालन किन भएनन् रु कोरोना नियन्त्रण र क्वारेन्टाइन व्यवस्थापनमा किन कार्यकर्ता परिचालन भएनन् रु प्रधानमन्त्रीले सरकारी संयन्त्र परिचालन गर्ने हो । अर्को निर्वाचन र महाधिवेशन नभएसम्म ओलीको दायाँ बायाँ हुने अवस्था छैन् ।’

ओली विरुद्ध उत्रिएकाहरुलाई कार्यकर्ताको भावना नबुझेको आरोप लगाउदै बडालले संगठन चलाउन नसकेर गौतमले प्रधानमन्त्रीमाथि प्रश्न उठाएको टिप्पणी गरे । अरु नेताले जिम्मेवारी र दायित्व पुरा गर्ने काम गर्नुनपर्ने र लछारपछार पारेर ओलीलाई महाधिवेशन अघि अध्यक्षबाट हटाउछु भन्नु गलत प्रबृति भएको बडालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्