Logo

नेकपा स्थायी कमिटी बैठक ११ बजे बस्दै



कोडमाडौँ, १८ असार : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने छ । हिजो स्थगित भएको बैठक आज (बिहिबार) ११ बजे स्थायी कमिटीको बैठक बस्ने भएको हो । आजको बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिने विषयमा छलफल हुने बुझिएको छ ।

नेकपा अध्यक्ष पुष्प कमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामाको रणनीतिलाई अन्तिम रुप दिन खुमलटार स्थित निवासमा ओली निकट स्थायी समिति सदस्यलाई बोलाएर छलफलका गरिरहेका छन् ।

स्रोतका अनुसार अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, स्थायी कमिटि सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली खुमलटार पुगेका हन् । आजको राजनीतिक छलफलले ओलीमाथी राजीनामाको नैतिक दबाब पर्न सक्ने जनाइएको छ ।

ओलीले समेत आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएर छलफल गर्दे आएका छन् ।



प्रतिक्रिया दिनुहोस्