Logo

ओली पक्षधर नेताहरुको दाहालसँगको भेट सकियो, गणितको कुरा गरे दुर्घटना हुने चेतावनी



काठमाडौं, १८ असार । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुसँग छलफल गरेका छन् । अध्यक्ष ओली पक्षधर स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठलगायतका नेताहरुले आज अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् ।

भेटमा आफूहरुले दुई अध्यक्ष मिलेर जानुको विकल्प नभएको भन्ने सुझाव दिएको नेता महासेठले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार दाहालसँगको भेटमा सहभागी नेताहरुले अहिले दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताएका थिए । महासेठले अहिले एक व्यक्ति, एक पदमा पनि जान नहुने तर्क गरे ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पद छाड्न भन्ने, नमाने हटाउने विरोधी समुहको रणनीति

उनले प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने जिकिर गरे । प्रधानमन्त्रीको राजीनामा माग्नु नै गलत भएको पनि उनको तर्क छ । पार्टीमा अहिले अल्पमत र बहुमतको अंक गणितको कुरा गरे दुर्घट्ना हुने कुरा आफूहरुले अध्यक्ष दाहाललाई स्पष्ट रुपमा भनेको पनि महासेठले जनाएका छन् । दाहालले ओली पक्षधर नेताहरुलाई तपाईहरुसँग के विकल्प छ ? ल्याउनुहोस भनेर मागेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्