Logo

ओली सरकारको भविष्यको टुंगो आजै लाग्ने, प्रचण्ड कडा निर्णय लिने तयारीमा



काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य आज निक्र्यौल हुनेभएको छ । स्थायी कमिटि बैठकमा विकल्पहरुसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम समुह प्रस्तुत हुने भएबाट भविष्य तय हुने भएको हो ।

ओलीलाई प्रचण्डलगायतका नेताहरुले विकल्पहरुसहित प्रस्तुत हुने गरी रणनीति बनाएका छन् । जसमा उनले प्रधानमन्त्री पद छाड्नुपर्ने मुख्य छ । प्रधानमन्त्री सहजै छाडे अध्यक्ष पदबाट नहटाउने गरी लचिलो बन्ने रणनीति तयार गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, पद छाड्न नमाने उनीप्रति कठोर कदम चाल्ने गरी तयारी भएको छ । उनलाई कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउनेमा उक्त समुहले टुंगो लगाइसकेको छ । यसबारे एक प्रभावशाली नेताले भने- प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्नेमा यताउता हुँदैन, अध्यक्ष पदमा भने कायमै रहने वातावरण बनाउन सकिन्छ ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिन नमाने उनलाई फिर्ता बोलाउने गरी स्थायी कमिटिले आजै निर्णय गर्ने तयारी भएको छ । प्रचण्डसहित ३० स्थायी कमिटी सदस्यहरु ओली हटाउने पक्षमा छन् । जुन नेकपा स्थायी कमिटीमा भारी बहुमत हो ।

भविष्यमा ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी ओली विरोधी समुहले पार्टीबाट निर्णय गरी कारबाही सम्म गर्ने रणनीति बनाएको छ । यो अवस्थामा उनलाई अध्यक्षबाट हटाउने सम्मको निर्णय हुनसक्ने स्रोतले बतायो । तर, यो हदसम्म जान नदिन लचिलो गरी प्रस्तुत हुने शुरुको तयारी छ ।

यसैगरी, ओली सत्ता नछाड्ने निर्णयमा पुगेका छन् । उनले अन्य विकल्पबारे निकटस्थसँग परामर्श गरको छन् । जसमा संसदीय दललाई प्राथमिकतामा राखेर अगाडि बढ्ने, एमाले ब्युँताउने, संकटकाल लगाउने, मध्यावधि चुनाव गर्ने देखि पार्टीमा विरोधीलाई कारबाहीको निर्णय गरेर अघि बढ्ने सम्मको कदमहरु छन् ।

दुवै पक्षले आ आफ्नो रणनीति बनाएर प्रस्तुत हुन लागेकाले आजको स्थायी कमिटी बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । आजको बैठकबाट नै ओली सरकारको भविष्य निक्र्यौल हुनेछ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्