Logo

सरकारलाई जिम्मेवार बन्न राप्रपा अध्यक्ष राणाको आग्रह



काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोरोना सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आग्रह गरेका छन् ।

कोरोनाको सबल व्यवस्थापन र जनताको जीवन सुरक्षा माग गर्ने युवा मतलाई लिएर सत्तापक्षको चेत नुखल्नु निन्दनीय र चिन्ताजनक रहेको राणाले टीप्पणी गरेका छन् । कुर्सीको झगडा थाँती राखेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपाको उनले ध्यानाकर्षण गरेका छन् ।

‘कोरोनाको सबल व्यवस्थापन माग गर्दै इशानसहित यूवाहरू सात दिनयता सत्याग्रहमा छन् । तिनको जीवन रक्षा, स्वास्थ्य, सान्दर्भिक मागप्रति सत्तापक्षको चेत नखुल्नु निन्दनीय छ, चिन्ताजनक छ,’ राप्रपा अध्यक्ष राणाले बिहीबार ट्वीट गर्दै भने । ‘कुर्सीको झगडा थाँती राखी, चीर निंद्राबाट जागेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपालाई आह्वान गर्दछु,’ उनले भने ।

पाटन, मंगलबजारमा इशानसहित यूवाहरूले बिना खाना र पानी सत्याग्रह जारी राखेका छन् । स्वास्थ्य स्थिति बिग्रीएपछि केही सत्याग्रहीलाई अस्पतालमा लगिएको छ । तिनले महाराजगंजस्थित शिक्षण अस्पतालमा सत्याग्रह जारी राखेका छन् ।दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्