Logo

नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)



काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि अंकगणितको खेल शुरु भएको छ । पार्टी सचिवालय, स्थायी कमिटी देखि केन्द्रीय कमिटीमा ओलीविरोधी समुहको भारी बहुमत छ । तर, संसदीय दलमा ओली पक्षले बहुमत दाबी गरेको छ ।

आजको स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको मागबाट विरोधी समुह पछि नहटे टकराव बढ्ने निश्चित छ । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमको समुहले राजीनामालाई मुख्य एजेन्डा बनाइसकेको छ । यसकारण अब अंकगणितको खेल हुने सम्भावना बढेको छ ।

सचिवालयमा ओलीको पक्षमा आफूसहित तीनजना छन् । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेल ओली पक्षधर हुन् । पौडेल मध्यमार्गी जस्तै देखिएका छन् ।

सचिवालयमा अर्को पक्षमा छ जना छन् । जसमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादल छन् ।

स्थायी कमिटीमा ओली पक्षमा १३ जना देखिएका छन् । लेखराज भट्ट प्रचण्ड पक्षबाट ओली पक्षमा पुगेका छन् । ओली विरोधीमा ३० जना स्थायी कमिटी सदस्य छन् । दुईजना स्थायी कमिटी सदस्यमध्ये योगेश भट्टराई तटस्थको अवस्थामा छन् । सभामुख भएकाले अग्निप्रसाद सापकोटा तटस्थमै हुन्छन् । ४५ सदस्यीय स्थायी कमिटिमा ओलीविरोधी समुहको दुई तिहाई छ ।

अग्निप्रसाद सापकोटा सभामुख भइसकेकाले तटस्थमै पर्छन् । यद्यपि, उनी प्रचण्ड पक्षधर हुन् । योगेश भट्टराई मध्यमार्गी छन् । लेखराज भट्ट ओली पक्षमा गएका छन् ।

नेकपा एकीकरणका बखत २६ जना एमालेबाट र १९ जना माओवादी केन्द्रबाट गरी कुल ४५ सदस्यीय कमिटी बनाइएको थियो । जसमा ६ जना आमन्त्रित स्थायी कमिटी सदस्यका रुपमा राखिएको थियो । आमन्त्रित सदस्यमा एमालेबाट ४ र माओवादी केन्द्रबाट २ जना समावेश गरिएका थिए ।

स्थायी कमिटिमा को कता

ओली पक्ष
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट

प्रचण्ड- माधव- झलनाथ-बामदेव पक्ष
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा

तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख

आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा



प्रतिक्रिया दिनुहोस्