Logo

महामारी र अन्तरधर्मका गुरुहरु



नरेन्द्र पांंडे : अप्रिल २१,२०२१ (एटलान्टा,युएस) विपत्तिको सन्त्रास, भेदभाव बिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिमा,भूगोल, जातजाति,सभ्यता, संस्कृती, रीतीतिथी, धर्म, आस्थाको समेत पर्वाह नगरी विश्वभर महासागरमा आउने बिशाल छाल जस्तो भएर अगाडी बढिरहेको र स्वभावलेनै विध्वंसकारी प्रकृतीको रहेको छ । दिनदिनै आउने तथ्य र तथ्यांकको प्रच्छेपणको सहायताले यस्लाई बुभ्mन र बुझाउन सजिलो भए तापनि, चेतनाको साथै डर र त्रास पनि त्यतिकै रुपमा आतंक मचाउनेगरि अघि बढिरहेको छ । स्वाभाविक रुपमा सबैजना त्रसित र आतंकित छन् नै, किनकि यसमा जीवन र मरणको सवाल रहेको छ ।

अर्कोतिर यो आतंकको स्वभाव अकल्पनीय रुपमा विध्वंसकारी देखिए तापनी भित्रभित्रै अदृश्यरुपमा यसले पुर्याएको या पुर्याउने लाभको बारेमा लेखाजोखा हुने हो भने सायद आजसम्म विज्ञानले बनाएको नाप्ने यंत्रले समेत ठीकसंग मापन गर्न सक्ने छैन होला । जब यसको वेग बिस्तारै शान्त होला तब मात्र पृथ्वीको वासिन्दाले स्वस्फुर्तरूपमा अनुभव र व्यवहार गर्न पाउनेछन् र भन्ने छन् सृष्टीको शक्ति अपरम्पार छ, र ईश्वरले जे चाहनुहुन्छ त्यो पूरा गर्नु हुन्छ ।

मुख्यतया, विपद बढि ईश्वर,आस्था र विचारसँग जोडिएको हुनाले यस स्थितिमा सबै धर्मगुरुहरुले निर्वाह गर्ने भूमिका विशेष महत्वपूर्ण र उल्लेखनीय हुन्छ । यस परिस्थितिमा सबै धर्मका आस्थाका केन्द्रहरु अरु बेलामा भन्दा निर्वारुपमा खुल्ला राख्न पर्ने थियो र सो गर्नमा धर्मगुरुहरुले विशेष भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसरलाई उपयोग गर्न सकेको भए यो कार्य चिरकालसम्म उल्लेखनीय हुने थियो, तर प्रयासनै हुन सकेन ।

पछि तथ्य र प्रमाण सहित अनुसन्धानकर्ताहरुले लेखाजोखा गरी प्रतिवेदन तयार पार्ने नै छन् । तर हाललाई भने यसबाट कुनै पनि धर्म र धर्मसम्प्रदाय,मन्दिर मस्जिद गुम्बा, प्रार्थनास्थल , चर्चलाई समेत अछुतो राख्न सकेन । आज तिनै त्रासको कारण विश्वभरमा रहेका अधिकांस प्रमुख चर्च,मस्जिद गुम्बा र मन्दिरहरु बन्द गरियो र त्यति मात्र नभएर महान् चाड जस्तै इस्टर,रामनवमी नयाँवर्ष र रिजवान जस्तै धेरैको प्रमुख पवित्र चाडवाड समेत रोकिन पुगे,र अझ कति रोकिने होला भनेर अनुमान गर्नसक्ने स्थ्तिि छैन ।

यसले सामाजिक र आर्थिक रुपमा नैे ठुलो क्षति पुराउनु स्वभाविकै हो । उदाहरणको रुपमा भर्खरै बिबिसीले प्रसारण गरेको कार्यक्रमा भनेको छ कि “लकडाउनले हिन्दूहरूको आस्थाको केन्द्र तथा पर्यटकको आकर्षण पशुपतिनाथ मन्दिरको आयमा १० करोड रुपैयाँभन्दा बढी घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।” तर यस्तो आपद विपतको बेलामा पनि आ–आप्mनो आस्था अनुसार आपूmले मानी आएको आप्mनो पवित्र स्थलमा गएर पुजाआजा र प्रार्थना गर्न नपाउनु चाहिँ सायद सबैेभन्दा ठूलो वाध्यात्मक धार्मिक तथा आध्यात्मिक क्षतिको रुपमा लिन पर्छ होला ।

पशुपतिनाथमा मात्रेै हैन होला सायद त्यस्तै घाटाको कुरा गर्ने हो भने स्वयम्भु, बौद्धनाथ,लुम्बिनी क्षेत्र जनकपुरको जानकि मन्दिर पनि पछि पर्देन होला । यसको वावजुद, सबैमा आवाशीय अधिकारी साथ साथै वोर्डको पनि व्यवस्था समेत भएकोले, वेलैमा सोच विचार पुराएको भए नोकसानीलाई कम गरेर आस्थावानहरुको नैर्सगिक धार्मिक हक र अधिकार पनि सम्मान उपभोग गर्न पाउदथ्यो र यसमा उहाँहरु जत्तिके दोष सम्बन्धित धर्म गुरुहरुको पनि रहेको देखिन्छ र यो भनिरहदा यसलाई प्रतिकृयाको रुपमा मात्र प्रस्तुत गरिएको होइन, वरु प्राचिनकालदेखि चलिआएको धार्मिक प्रचलन, पुजाआजाको स्वरुप कति कमजोर पारेर संचालन गरि रहेको रहेछ भन्ने यथेस्ट प्रमाणहरु बिबिसीको कार्यक्रमको कमेन्टबाट पनि थाहा पाउन सकिन्छ ।

प्यु रिर्सच सेन्टरको अनुुसार,अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विपद र महामारीको बारेमा अबका आउने दिनहरुमा सुरक्षितरुपमा कसरी सबै धर्मका पवित्र स्थलहरु खुला गर्ने भनि अन्तरधर्मका धर्मगुरुहरुसंग यस बारे परार्मश र छलफल गर्नुभयो । किनकी पवित्र स्थलहरु बन्द भएकैै कारण मानिसहरुका आप्mना धर्मसंग जोडिएकोे धार्मिक स्वत्रन्त्रताको नैसर्र्गिक अधिकार माथि प्रतिवन्ध लगाइएको महशुस गरे र सो बारेमा फुकुवाको माग राखि विभिन्न राज्यका अदालतहरुमा मुद्दा दायर समेत गरेकाछन्र सबै सुरक्षात्मक उपायहरुको अबलम्वन गर्दै जतिसके चाडो व्यवस्थित गरिखुल्लागर्न अनुरोध समेत गरेका छन ।

यता, छिमेकी देश भारतका प्रधानमन्त्रिले सिर्जित परिस्थिति र महामारी वारे छलफल गर्न अन्तरधर्मका गुरुहरुलाई निमन्त्रणा गर्दा पनि उपस्थिति हुन सकेनन् भनेर सामाजिक सञ्जालमा देखिएकाछन् । अब नेपालको सन्दर्भमा यो महामारिको बारेमा अन्तरधर्मका धर्मगुरुहरु जो धार्मिक समुदायमा महत्वपूर्ण भूमिका रहेको भएतापनि अरु बेलामा यस्तो स्थितिमा न धर्मगुरुहरुले नता सरकारले समेत यसको लाभ लिन सक्यो । यसबाट दुईवटा प्रश्न उब्जिएका छन्,या त भारतमा जस्तै नेपालमा मा पनि सहि, आस्थावान धर्मगुरुहरु नभएर हो या आस्थावान गुरुहरु स्वभावले नै शान्ति स्वभावका हुने हुनाले यसमा भाग लिन चाहेनन्, यो अनुसन्धानको अर्काे महत्पपूर्ण पाटो रहेको छ ।

आस्था सबैको एउटै वा फरक पनि हुनसक्छ । मानवता,आस्थाभन्दा जहिले पनि उच्च स्थानमा रहेको छ र रहनुपर्छ । आस्थाको आधारमा मानवजातिलाई राम्रो र नराम्रो भनी वर्गिकरण पनि गर्न हुदैनथ्यो । तर यस्तो आपदविपदको बेलामा पनि सामाजिक सञ्चार माध्यमहरुमा गाली, बेइज्जती, र निन्दाले भरिएको समाचार प्रशस्तै देख्न र हेर्न पाइयो ।

सबैभन्दा निन्दनिय लाग्ने कुरा त के हो भने यस्तो आपद विपदको वेलामा समेत सबै धर्मगुरुहरु विपदमा परेकाहरुलाई सहयोगको हात बढाउनुको साटो धार्मिक आस्था बोकी नेपालमा आईपुगेर रहन मजबुर भएका केहि इन्डोनेशियन मुसलमान जता जाँदा पनि लखेट्नु अति असहिष्णु, अमानवीय र, निन्दनीय कार्य र कोरोना भाइरस फैलाएको आरोपमा मुसलमानलाई धार्मिक स्थलहरुमा शरण लिन पुगेकाहरुलाई कोरोना संक्रामककारीको संज्ञा दिदाँखेरि मिलेर बसेका विभिन्न धर्मावलम्बिहरुमा कस्तो सन्देश जाला? आज एउटा समुदायलाई चोट पुर्याउनेले भोली अर्को समुदायलाई बाँकि राख्ला ? साम्प्रदायिक सद्भावको उदाहणनीय नेपाल सधै यस्तै राख्न सकिदैन र?

यस्तो महामारीको बेलामा सबै आस्थाका धर्म गुरुहरु एक मत र चित्त भई सकेसम्म सबैलाई मिल्ने आ–आफना अनुयायीहरुलाई धैर्य धारण र सेवाको भावमा सर्मपण हुन र सद्भाव बनाइराख्न प्रेरित गर्ने खालको मंगलवाचन र समय–समयमा निकट सम्र्पकमा रहन सकेमा पनि ठूलो राहत हुनेथियो । दोश्रो, यदि अन्तरधर्मलाइ सबै मिलेर माथि लानुपर्छ भन्ने हो भने, यो मौकामा यस बारे अझ बढी ज्ञान प्राप्त गर्न अरु धर्मका विभिन्न पक्षका विषयहरुको गहन अध्ययन गर्नु अति महत्वपूर्ण हुन्थ्यो र यो अध्ययन, भविष्यको लागि ठूलो अन्तरधार्मिक सम्पति हुनेथियो । आपद विपद स्वभाविकै हो तर ूसम्पतीमा नआत्तिनु र विपत्तिमा नमात्तिनु किनकी यो दुबै कुरा बितेर जान्छन् रहिरहदैनू भन्ने सदयुक्तिलाई पनि स्मरणगर्न सके लाभदायक हुन्छ नै ।

धर्म या अन्तरधर्म या कुनै मजहब भन्दा पनि माथि उठेर सम्बन्धित धर्मगुरु,मित्र पत्रकार संचारगृह धर्मलाई व्यवसायको माध्यम बनाई सिमित स्वार्थ प्राप्तिको लागि प्रयोगको विधि बनाउनेहरुको जमातलाई निस्तेज बनाउन जरुरी रहेको छ । यही बेला हो अन्तरधर्मका साथी र सहयोगीहरुले आपूmले गर्न सक्ने र गर्नपर्ने सूचीहरु बनाई सरकारी तथा गैर सरकारी संस्थाहरुको इकाइमा सम्पर्क बढाउने र साथसाथै काम गर्न स्वयंसेवीहरुलाई तयार राख्न आवश्यक पर्ने सुरक्षाको सम्बन्धित तालिम र जानकारी गराई सो सूची सम्बन्धित निकायमा पठाई सहयोग गर्ने र निरन्तर सम्पर्कमा रहने । यही बेला हो धर्मगुरु र समुदाय बीच सम्बन्ध सुदृढ बनाउने, अति नजिकबाट सम्पर्क स्थापित गर्ने जसको परिणामस्वरुप पछिसम्म निरन्तर र सुमधुर सम्बन्ध राखिरहन सहयोग पुराउछ ।

अन्य बेलाभन्दा अवसरवादीहरुले यो बेलामा, धर्मको नाममा जनमानसमा द्वेश र घृणा फैलाउन मौका खोजिरहेका हुन्छन्,एक आपसमा सामाजिक सामप्रदायिक सदभावलाई बिगार्ने मनशायले सामाजिक सञ्जालमा समेत, उक्षृङ्खल शब्दहरुको प्रयोग गर्दै भडकाउने भाषण गर्ने, धार्मिक,जातिय र हिंसा उक्साउने र बिथोल्ने खाल्का टिकाटिप्पणी, पोस्ट र कमेन्टहरु आउछन् । त्यसबाट सचेत रहन र त्यसमाथि थप टिप्पणी नगर्नबाट बँच्न र अरुलाई बचाउन सधै एकजुट र मेलमिलापको वातावरणमा रहन बलिया बनाउने जिम्मेवारी पनि बढी धर्मगुरुहरुको नै रहेको हुन्छ र यस्तो समयमा सहयोग र समझदारीको अझ बढी आवश्यक पर्दछ ।

यस्तो अवधिमा ईश्वरप्रति भक्तिमा पनि कुनै कमी नहोस् र मनलाई आनन्द चित्त र प्रशन्नमय बनाउनको लागि सबैलाई आ–आफनो सुरक्षित स्थलबाटै आप्mनो तरिकाले मानी आएको श्रृषिगण,देवगण,पितृगणको स्मरण, पूजा पाठ गरि आफ आफनाृ आस्थालाई अझ मजवुत बनाउन आव्हान गर्नुहुने धर्मगुरुहरु,पंडित,पुजारीहरु पुजनिय र प्रशंसित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्