Logo

एउटै डोरीमा प्रेमी प्रेमिका झुण्डिएर आत्महत्या



काठमाडौ, १८ असार । काठमाडौको पेप्सीकोलामा एक जोडी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा आदम महमद मुसलमान र अस्मिता थापा झण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

स्थायी घर भक्तपुर भएकी अस्मिता र आदम लिभिङ टुगेदरमा लामो समयदेखि बस्दैआएका प्रेमी प्रेमीका भएको पाइएको छ । मृतक आदम महमद मुसलमानको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्