Logo

अत्यधिक ग्याँस रहेको ग्रह पहिलो पटक देखापर्यो



एजेन्सी, १८ असार । नयाँ प्रकारको ग्रहले दूरी कायम गरेको तारालाई निरन्तर परिक्रममा गरिरहेको विज्ञहरुले पत्ता लगाएका छन् । उक्त ग्रह ग्याँसद्वारा निर्माण भएको विज्ञहरुले आँकलन लगाइरहेका छन् । बृहस्पति र शनि ग्रह समेत हाईड्रोजन र हेलियमको मद्दतले बनेको जस्तै नयाँ ग्रह ग्यासले निर्माण भएको जनाइएको छ ।

ग्रहको विषयमा अनुसन्धान भइरहेको छ । ग्रहको अनुसन्धान टेस स्पेस टेलिस्कोपद्वारा गरिरहेको विज्ञहरुले जनाएका छन् । पहिलो पटक वैज्ञानिकहरुले उक्त ग्रहलाई सानो ग्रहको रुपमा देखेका थिए । तर, सोचे भन्दा निकै ठूलो आकारको उक्त ग्रह रहेको जनाइएको छ । उक्त ग्रहको रेडियस (त्रिज्या) पृथ्वी भन्दा तीन गुणा ठूलो रहेको छ भने ग्रह पृथ्वी भन्दा ३९ गुणा ठूलो आकारको रहेको जनाइएको छ ।

ग्रहको नाम टिओआई ८४९ रहेको जनाइएको छ । उक्त ग्रह सात सय ३० प्रकाश वर्ष टाढा रहेको छ । ग्रहको तापमान १५२७ डिग्री रहेको जनाइएको छ । सौर्य मण्डलमा अनौँठो प्रकारको ग्रहको अनुसन्धानले नयाँ चूनौती देखाएको वैज्ञानिकहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्