Logo

किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, १८ असार । जबरजस्ती करणी गरेको अभियोगमा दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका सोहसाका थारु पक्राउ परेका हुन् ।

थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । त्यस्तै झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका कुमालगाउँका बिकाश राई बुधबार दिउँसो पक्राउ परेका छन् ।

राईले ती महिलालाई घरमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको सुचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्