Logo

लागूऔषध सहित ३ जना पक्राउ



बाँके, १८ असार । अवैध लागूऔषध सहित एकजना बुधबार दिउँसो पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका पिपरहवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम सहित भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहाका मुन्ताज अहिमद सिद्धिकीलाई प्रहरीले पक्राउ गरेको हो ।

लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागूऔषध सहित प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यसैगरी, नेपालगंज उपमहानगरपालिका ट्राफिकचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ११ सिसि कोरेक्स सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिकाका राजु राई र सोही उपमहानगरपालिका अखिल अहमद जसगड रहेका छन् ।

जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.३ प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्