Logo

दीपाले भनिन् ‘मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन’



काठमाडौ, १८ असार । हास्य कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले फ्यानसँग माफि मागेकी छिन् । उनले एक अन्र्तवार्तामा राजेश हमालको ‘महानायक’ उपाधीप्रति गरेको प्रश्नले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।

राजेश हमालका शुभचिन्तकले दिपाको आलोचना गरेपछि दिपाले सामाजिक सञ्जालमार्फत नै महानायक हमालका फ्यानसँग माफी माग्दै लेखेकी छिन्,

‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिभाबकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..’

दिपाले उच्च ओहोदामा बसेका मानिसबाट केहि आशा पनि हुन्छ भन्ने आफ्नो आशय भएको स्टाटसमा उल्लेख गरेकी छिन् । दीपाले फ्यानहरुलाई स्पष्ट पार्दै अगाडी लेखेकी छिन्, ‘राजेश हमाललाई सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन, मेरो पहिलो चलचित्रको नायक हो उहा, उहाँलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !’

उनले आफ्नो पृष्ठभुमि बताउदै लेखेकी छिन्, ‘काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ, मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन, म यो क्षेत्रमा ३० बर्ष देखि छू, टुप्पो बाट पलाएको पनि छैन । ’

दीपाले अन्त्यमा महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम लगाउन सक्नुपर्ने अन्यथा पदमा शंका उत्पन्न हुने भन्दै उनलाई भगवान नै बनाउने पक्षमा आफु नभएको स्पष्ट पारेकी छिन् । तस्वीर दीपाश्री निरौला फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्