Logo

लक्का जवान के होला



काठमाडौ, १८ असार । किरण केसी, दिलिप रायमाझी र शिवहरी पौड्यालको संयुक्त रुपमा लगानी रहेको फिल्म ‘लक्का जवान’ रिलिजको क्रममा छ । लेखन तथा निर्देशन शिवहरी पौड्यालको रहेको उक्त फिल्म व्यवसायिक हिसाबले सफल र दर्शकलाई भरपुर मनोरन्जन दिने विश्वास गरीएको छ ।

रिलिजको क्रममा भएको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, वर्षा सिवाकोटी र सलोन बस्नेतको अभिनय रहेको छ ।

यस अघि प्रदिप भट्टराईद्धारा निर्देशित, किरण केसी निर्माता रहेको फिल्म ‘शत्रुगते’ले व्यवसायीक हिसाबले सफलता प्राप्त नगरेपनि लगानीकर्तालाई नोक्सान भने भएन् । ‘शत्रुगते’ फिल्ममा आँचल शर्मा,पल शाह, हरिवंश आचार्य, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, आदीको अभिनय रहेको थियो । तस्वीर  प्रियंका कार्की फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्