Logo

बच्चाले बल्ब निलेपछि…



भारतको हरियाणामा एउटा बच्चाले खेलाउनामा राखेको एलइडि बल्ब निलेको छ । बल्ब निलेको केहि समयमा बच्चाको गला र छातीेमा बेस्सरी दुखेर निरन्तर खोकी लागेको थियो । डाक्टरकोमा लगेर खोकीको औषधि दिन सुरु गरे तर खोकी कम नभएपछि फेरी अस्पताल लिएर गए ।

पुन अस्पताल लगेपछि बच्चाको छातीकोे एक्सरे गराए । एक्सरे पश्चात बच्चाको सास नलि र फोक्सोको बीचमा कुनै चिज देखिएको थियो त्यसैले छाती तीव्ररुपमा दुखाइ भएको थियो । डाक्टरहरुले बच्चाको छाती भित्रको बल्बलाई बेहोस बनाएर मुखबाट बल्बको टुक्रा बाहिर निकालेका छन् ।



प्रतिक्रिया दिनुहोस्