Logo

विषालु सर्प एकै मिनेटमा निल्ने भ्यागुता



सर्प र भ्यागुतोमा सर्पलाई नै शक्तिशाली मानिन्छ । सर्पले भ्यागुतो निलेको त देखेका र सुनेका नै छौ तर अष्ट्रेलियामा एउटा भ्यागुताले सबैभन्दा विषालु सर्पलाई एकै मिनेटमा निलेको छ । यस्तो आश्चर्य लाग्दो घटनालाई एक महिलाले मोबाइलमा कैद गरेकी हुन् । ती महिलाले आफ्नो घरको पछाडी गार्डेनमा यो दनिया कै कोस्टल ताइपन नामको विषालु सर्पलाई भ्यागुतोले निलेको बताएकी छिन् ।

महिलाले सर्प र भ्यागुतोलाई छुटाउने धेरै प्रयास गरेपनि सर्प मरिसकेकोले निकाल्न नसकेको उल्लेख गरेकी छिन् । उनले सर्पको विष सहन नसकेर भ्यागुतोले पछि ओकल्दिएको बताएकी छिन् । त्यत्तिबेला सम्म सर्प मरिसकेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्