Logo

४ वर्ष पहिले मृत्यु भएकी छोरीले अचानक फर्किएर आमा भनेपछि…



कोही परिवारको सदस्यको मुत्यृ हुनु तपाइँको जिन्दगीको ठुलो भाग क्षति हुनु हो । मृत्युमा धेरै निराश हुन्छौ, विचलित हुन्छौ । जांग–सुंग नामकी कोरीयन महिलाले ४ वर्ष अघि ७ वर्षकी छोरी गुमाएकी थिइन् ।

छोरीको रोगको कारण मृत्यु भएको थियो । २०१६ मा मृत्यु भएकी उनकी छोरीसँग भेट्ने इच्छा वैज्ञानिकहरुले पुरा गरिदिएका हुन्् । वैज्ञानिकहरुले भर्चुअल रियालिटीबाट मरेकी छोरीसँग कुरा गर्ने मौका मिलाइदिएका हुन् । कोरीयाको एक टिभी सो ले व्यवस्था मिलाइदिएकोले उनले छोरीसँग छोएर, कुराकानी र माया गरिन् । भर्चुअल रियालिटीले नानीको जस्तो आवाज, सक्कल जस्तो महसुस गर्ने खालको शरीर बनाइदिएको थियो । छोरी गुमाएकी आमाको आँखा आँसुले भरिएको देखेर स्टुडीयोका सबै दर्शक भावुक भएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्